प्रधान कार्यालय : पथरी - १ मोरङ
फोन नं. ०२१- ५५५३१७
ईमेल : [email protected]
[email protected]

crazy.com

Click here to edit subtitle

SAHITYA SRIJANA

 


विद्रोही कान्छा

मन र आस्था

आस्था
आडम्बर जस्तै बदलिने गर्छ
तर मन
मन साँच्चै
दुखाइको गहिराइबाट
निमेश भरमै
यथार्थपरक विम्व लिई निस्कने गर्छ
तर आस्था
आस्था सधैं
भोका र नाङ्गाहरूको
विवशतालाई गिज्याउने गर्छ
तर मन
मन साँच्चै
दुर्वल र निरिह वस्तीहरूमा
थाहै नदिइ फुल्न थाल्छ
तर आस्था
आस्था प्रचण्ड हो
ऊँ डढाउँन खोज्छ
मानौं
एकछिनलाई ऊ
समय र प्रकृतिलाई
आफ्नो मुठ्ठीमा कैद राख्न चाहन्छु
तर
मन, समय र प्रकृति
कसैको दाशत्व चाहँदैन
त्यसैले ऊ स्वतन्त्र छ
न थुनिन्छ  न छेकिन्छ
तर आस्था, आस्था प्रचण्ड भई
कैयौं मनहरूलाई उढाउन खोज्छ
तर मन,
मन नरम हुन्छ
ऊँ विस्तारै
पग्लदै पग्लदै
फराकिलो दायरा लिन थाल्छ
अनि आस्था, आस्था हतासिँदै
खहरे हुन खोज्छ
मानौं ऊँ सबै बगाउन चाहन्छ
तर मन, मन समुन्द्र हो
समुन्द्र
केवल शान्त छालहरूमा
मन्द मन्द मुस्कुराउँदै
आफ्दै दायरा लिन थाल्दछ ।
– पथरी–२, मोरङ
पथरीको साहित्य विगत र वर्तमान
- रोस्मन राई
    साहित्य समाजको दर्पण हो । यो सबैको मथिङ्गलमा दर्ता भएकै कुरा हो । साहित्यमा त्यो अद्भूत शक्ति हुन्छ जुन देख्न सकिन्न तर महसुस गर्न सकिन्छ । साहित्यको व्याख्या सबैको आ–आफ्नै रहेको पाइन्छ । कसैले साहित्यलाई भावना पोख्ने माध्यम भन्छन् त कसैले समाज परिवर्तनको लागि एउटा सशक्त माध्यम । साहित्य त्यो महासागर हो जहाँ जसले जसरी पनि अर्थ लगाउन सक्छ ।
    कुनै बेला साहित्य क्षेत्रमा अग्रसर
रहेको पथरीमा केही वर्ष यता साहित्य गतिविधि शुन्य भएको हामी सबैमा सर्वविदितै छ । कुनै बेला यस्तो थियो, जुनबेला
पथरीलाई साहित्यको उर्वरभूमी मानिन्थ्यो । त्यसताका अंग्रपंक्तिका साहित्यकार हुन् स्व.सीएम कन्दङ्वा ।
    पथरीमा विगतमा धेरै साहित्यिक पत्रपत्रिकाहरुको प्रकाशन हुने गर्दथ्यो । साहित्यिक बहसहरु जहित्यही हुने गर्दथ्यो । पथरीबाट प्रकाशन भएको साहित्यिक पत्रपत्रिकाले निक्कै राम्रै चर्चा बटुल्न सफल भएका थिए । त्यसबेला पथरीबाट अनुपम, नव–निहारीका, सुनौलो पालुवा लगायतका दर्जन साहित्यिक पत्रपत्रिका प्रकाशन हुन्थ्यो । तर, परिस्थिति एकनाश रहन सकेन । फलतः सम्पूर्ण साहित्यिक पत्रपत्रिकाको प्रकाशन शुन्यमा झ¥यो । साहित्यका कलमहरु सबै निदाए । यदि कलमहरु चलेको भए पनि कुनै डायरीमा सीमित रहन थाले । जसले गर्दा पथरीमा साहित्य क्षेत्रमा लागेका सम्पूर्ण साहित्यअनुरागीहरुको अस्तित्व विलिन हँुदै गयो ।
    पथरीमा साहित्यिक पत्रिकाहरुको प्रकाशन बन्द हुनुको कारण नव निहारीकाका प्रकाशक÷सम्पादक विद्रोही कान्छाको ठम्याइ छ आर्थिक अभाव र सामूहिक कार्यान्वयनमा सोचे अनुरुप सहयोग नपाउनाले नै पत्रिका बन्द भएको हो । त्यस्तै तितो अनुभव संगालेका सुनौलो पालुवाका प्रधान सम्पादक निर्मल मितज्यूले आर्थिक अभाव र साथीहरुमा लगनशीलता
नरहेकोले प्रकाशन बन्द गर्नु परेको स्वीकार्छन् ।  
    यसरी पथरीमा साहित्य क्षेत्र दिनानुदिन विलिन भइरहेको बेला ‘कवि कुना’को जन्मलाई सम्पूर्ण साहित्यकार र साहित्यप्रेमीको मनमस्तिस्कमा जीजीविषा थपिदिएको छ । पथरी–१ स्थित मनोहर होटल एण्ड पार्कमा प्रत्येक शनिबार साँझ ४ बजेदेखि ६ बजेसम्म हुने कवि कुना सृजनशील जमघटले निदाएका कलमहरुलाई व्युताएको छ । ‘कवि कुनाको जन्म
पथरीमा वान्छनीय छ।’ गणेश बाछाना ‘गगन’को भनाइ छ–‘कवि कुनाले गर्दा सातामा एउटा भए पनि सृजना गर्न बाध्य बनाएको छ । जसले गर्दा निदाएका मेरा कलम पुनः सक्रिय भएको छ ।’  
    पथरीमा अब साहित्यको अभाव कसैलाई महसुस नहोस् । साहित्यिक पत्रपत्रिकाले पुनः प्रकाशन गर्न सकोस् । र कवि कुनाले आफ्नो यात्रामा निरन्तरता पाओस् जसले गर्दा पथरी  क्षेत्रका सर्जकहरुका लेख रचनाले स्थापित हुने अवसरहरु पाओस् । कवि कुनालाई मेरो शुभकामना ।
‘टाइगर हिल जाने हो’
इश्वर आ“सु मगर
उनी र म
जब दार्जिलिङ पुग्यौं
सिमसिम पानी परिरहेको थियो
मन्दमन्द गतिमा चिसो सिरेटो चलिरहेको थियो
सायद जाडोले होला
हामी दुवै जना सलभित्र बाँधिएछौंं
तर, त्यो पातलो सलले कहाँ पानी रोक्न सक्थ्यो र
कता कताबाट पानी रसाउन थालेछ
त्यही बेला उनले सम्झिछे मैले बोकेको सानो छाता
उघार्न खोज्छे, भिजेको छाता कहाँ उघ्रिन्छ र
मैले पनि जोडतोडका साथ कोसीस गरँे
विस्तारै विस्तारै उघ्रियो त्यो छाता
हामी यति खुसी भयौं कि त्यहाँ कुनै सिमा थिएन
मायाको सागरमा डुबुल्की मार्न थाल्यौं
थाहै नपाई लुर्थुक्क भिजिएछ
ट्याक्सीको हर्न बज्यो टाइगर हिल जाने हैन
हनिमुन यात्रा २०६० ।                – पथरी, मोरङ
महिलाको विलौना
इश्वर आ“सु मगर

आज भोलि गाउँघरतिर तीजको हल्ला चलेको छ
यो अभागिनीको कताकता यो मन जलेको छ

    साडी चोली गहनाको यहाँ कत्रो शान छ
    आफूलाई बिहान बेलुकी चुलो बाल्ने ध्यान छ ।

गरगहनामा सजिएर धनको फूर्ति लाउने
हामी जस्ता साधारणलाई भिखारीझैँ ठान्ने

    असल, हेन्डसम वर पाउन हामी तीजको ब्रत बस्ने
    केके न हो भनी ठान्थ्यौँ बिहेपछि सबै पछुताउने

वर्ष दिनको दुःख बिर्सी रमाइरमाइ दर हामी खाने
घरका भने रात काट्न भट्टी अनि दोहोरीमा जाने

    खसमको दीर्घायूका लागि हामी पानीसम्म नपिउने
    उहाँ भने भट्टीवाल्नीसँग स्वतन्त्रता दिवस मनाउने ।

आजभोलि दरका नाममा ह्विीस्की वियर चलाउने
चल्यो नयाँ चलन ज्वाइँलाई पनि दर खान बोलाउने ।
– पथरी–१,मोरङ

 

राजेन्द्र मार्वाहाङ लिम्बू ‘प्रयास’

आफ्नो मान्छेको हरेक बचनमा
मिथ्या उपशंका मात्र गर्ने
आफ्नो मान्छेको हरेक विश्वासमा
घोर अनादर मात्र गर्ने
तिमी महान् कसरी ?

आफ्नो मान्छेको हरेक कदममा
तितो कटु निन्दामात्र गर्ने
आफ्नो मान्छेको हरेक संवेदनामा
तीर प्रहार मात्र गर्ने
तिमी महान् कसरी ?

आफ्नो मान्छेको हरेक नजरमा
छलछामको नाटकमात्र गर्ने
आफ्नो मान्छेको हरेक सम्झौताा
काठे धमिरोमात्र बन्ने
तिमी महान् कसरी ?
                                             – जाते, मोरङ