प्रधान कार्यालय : पथरी - १ मोरङ
फोन नं. ०२१- ५५५३१७
ईमेल : [email protected]
[email protected]

crazy.com

Click here to edit subtitle

BIBIDHA

सम्पादकिय

अर्थ न वर्थ
चलचित्रलाई समाजको ऐना मानिन्छ । अर्को अर्थमा भन्नुपर्दा चलचित्र सशक्त मिडिया पनि हो । बढी भन्दा बढी नागरिकले चलचित्र हेर्ने गरेका छन् । यसैले समाज रुपान्तरणमा सघाउ पु¥याउन सक्छ भन्ने मान्यताका कारण चलचित्रलाई समाजको ऐना भनिएको हो ।
    पछिल्लो समयमा सिनेमा भवनमा दर्शकहरुको चहल पहल घट्दै गएपनि चलचित्रका पारखीहरु भने घटेका छैनन् । बरु दर्शकको संख्यामा बढोत्तरी भइरहेको छ । टेलिभिजन र इन्टरनेटको माध्यमबाट चलचित्र हेर्ने दर्शकहरु संख्याले व्यापक्ता पाएको हो । सफलताकोम ापन व्यवसायीक वा अन्य कारणले गरिएपनि चलचित्र आफैमा अर्थपूर्ण हुनुपर्छ भन्ने आम निश्कर्ष हो ।  पछिल्लो समयमा खासगरी नेपाली  चलचित्रको स्तर र सिनेकर्मीहरुको चेतनालाई  लिएर सर्वत्र टिका–टिप्पणी  हुने गर्छ ।  सफल र ओजपुर्ण कार्यसम्पादनले टिका टिप्पणी भए त ठिकै थियो, पच्नै नसक्ने काम गर्न थालेपछि सवै सिनेकर्मीहरु उडन्ते पात्र बन्न थालेका हुन् ।
    ३ वटा हिन्दी फिल्मको डिभीडी संकलन गरेर चलचित्रका कथा बस्तु तयार पारिनु कलिउडका लागि नौलो होइन । औलामा गन्न सकिने सार्थक चलचित्रले एकाध रुपमा निर्माण नभएका पनि होइनन् । तर, फोहोर पानीका भाडोमा एक अञ्जुली कञ्चन पानीको मिसावटले के औचित्य हुन्छ र ! हालै प्रदर्शित बलिउड चलचित्र ‘एक था टाइगर’ ले अढाई सय करोड रकम छापिरहँदा नेपाली चलचित्रले घिसिपिटी गर्दापनि लगानी उठाउन नसक्नुको कारण र परिणाम यहाँका सिनेकर्मीको कमजोर चेतनास्तर नै हो । कतिसम्म भने कथा मात्र भारतको होइन् । भारतीय नाममा पनि नेपाली चलचित्रहरु निर्माण हुन थालेका छन् , फर्ज, धुम, हमेशा, जस्ता चलचिचत्र पनि नेपाली रे ! अन्तराष्ट्रिय भाषा भएकाले अंग्रेजी नामहरुको आलोचना गर्न जरुरी नामहरुको आलोचना गर्न जरुरी देखिदैन् । तर, खुलेआम भारतीय शब्द कै नाममा नेपाली चलचित्र निर्माण हुनु मन्द रुपले भएपनि भारतीय विस्तारवादलाई मलजल गर्नु नै हो । नेपाली सिनेकर्मीले गम्भीर हुन जरुरी छ ।
फोटोग्राफीको इतिहास
युवराज ओझा

    मानव सभ्यताको प्रारम्भदेखि नै मानिसहरु आफूले देखेका र आफ्ना अनि प्रकृतिका चित्रहरु प्रति विशेष रुची रहेको पाईन्छ । मानव सभ्यताको विकास सगँसगै जब ढुङ्गे युगमा मानिस आईपुग्यो त्यतिखेर मानिसले ठुलाठुला ढुङ्गा अनि गुफाका भित्ताहरुमा विभिन्न खाले चित्रहरु कोर्ने गर्दथे साथसाथै जब रङ्गको खोजी भो त्यसपछि मानिसले आफूले कोरेका चित्रहरुलाई विभिन्न रङ्गहरुमा रङ्गाउन थाले । कैयौं शताब्दीसम्म चित्रमा रङ्गहरुको प्रयोग भयो । यसरी रंगहरुको प्रयोग गर्दै जादाँ लामो समयपछि मात्र मानिसले रंगीन तस्वीरहरुको आविस्कार गर्ने सफलता हाल लाग्यो । जब मानिसलाई फोटो भनेको एउटा ऐना हो । जसलाई एक शब्दमा व्याख्या गर्न सकिन्छ  भन्ने मानिसहरुले बुझ्न थाले तब मानिसले यसको नयाँ–नयाँ कुराको खोजी गर्नथाले । १९ औं शताब्दी भन्दा अगाडि फोटोग्राफी भनेको एउटा एकदमै जटिल विषय थियो । समयको विकास सँगसँगैँ जब मानिसको चेतनाको पनि विकास हुनथाल्यो त्यसपछि त फोटोग्राफी मानिसको अविन्न अंग नै बनिसकेको थियो ।
    संचारको यस युगमा कुनै पनि फोटोग्राफी बिना संचार क्षेत्र अधुरो नै हुन्छ । विज्ञान खोज अनुसन्धान सबै क्षेत्रमा यसले आफ्नो दरिलो उपस्थितिलाई कायम राख्न सफल भयो । फोटोग्राफी शब्द ग्रीक भाषाबाट उद्रित गरिएको हो । फोटो भन्नाले ीष्नजत भन्ने बुझिन्छ र ग्राफीक भन्नाले क्अचबअज
(कोर्नु) भन्ने बुझिन्छ । त्यसैले ीष्नजतको माध्यमद्धारा कोरिने चित्रनै फोटोग्राफी हो । त्यसैले कुनै पनि फोटोग्राफीमा ीष्नजत को भूमिका सबै भन्दा महत्वपूर्ण हुने गर्दछ ।
    फोटोग्राफी इतिहासलाई फर्केर हेर्दा यसको विकास एकैचोटी भएको होइन । भौतिक र रसायनशास्त्रको निरन्तरको प्रयोग खोज, अनुसन्धान अनि आविस्कारको परिणामबाट यसको विकास भएको हो । त्यसैले यसको विकासको श्रेय कुनै एक व्यक्तिलाई दिन सकिदैन । फोटोग्राफी सिद्धान्तको पहिलो प्रयोग पाँचौ शताब्दीतिर चिनमा भएको भन्ने इतिहासमा पढ्न पाइन्छ । तर २४ सय वर्ष अगाडितिर ग्रिकका दार्शनीक एरिस्टोटलले नै यसको व्यवहारिक रुपमा प्रयोग गरेका थिए भन्ने भनाई छ ।
    फोटोग्राफीमा सबैभन्दा महत्वपूर्ण उपकरण भनेको क्यामेरा नै हो । हाल सहजरुपमा बजारमा उपलब्ध क्यामेरा त्यसै निमार्ण भएका होईनन । यसका लागि मानिसले सयौं वर्ष धैर्य गर्नुपरेको थियो । ईसापूर्व ३२२–३८४ को समयमा एरिस्टोटलले एउटा अध्यारो कोठाको भित्तामा सानो सूर्यको किरण छिर्ने प्वाल पारेका थिए । यसको विपरित भित्तामा बाहिरको दृश्यको छायाँ स्पष्ट देखिन्थ्यो । यसलाई सूर्य ग्रहण हेर्न प्रयोग गरिन्थ्यो भन्ने कुरा एक अरबी विद्वानले व्याख्या गरेका छन् ।
    इटालीका वैज्ञानिक गिओभानी वाटिस्टा डेलापोर्टाले सन् १५५८मा आफ्नो पुस्तक ल्बतगचभचब िmबनष्अ प्रकाशको साहेताले वस्तुको प्रतिविम्ब उतार्ने प्रक्रिया बारे व्याख्या गरे । उनले त्यही प्रयोजनका लागि बनाईएको उपकरणलाई क्यामेरा अब्स्क्युरा नाम दिए । ल्याटिन भाषामा ऋबmभचब इदकअगचब को अर्थ म्चबप चययm भन्ने हुन्छ । वास्तवमा त्यस समय क्यामेरा चारैतिर घेरिएको बाकस जस्तै हुन्थ्यो । त्यसको कुनै भागमा प्वाल बनाईएको हुन्थ्यो । जसबाट प्रकाशलाई छिराइन्थ्यो । प्रकाश छिर्ने प्वाल सानो भए प्रतिविम्ब स्पष्ट हुने र ठूलो भए अष्पष्ट हुनेहुनाले कार्डोनोले सन् १५५० मा क्यामेरामा बाई–कन्भेक्स नलेन्सको प्रयोग गरे । स्पष्ट पृष्ठभुमी सहितको दृश्यको लागि चाहिँ डेनियल बारबारीले सन् १५६८मा डायफ्रामको विकास गरे सन् १६१८मा जोहान स्ट्रमले कोठाको माथिल्लो भागमा ४५ डिग्रीको झुकावमा ऐना राखी लाईट रिफ्लेक्सन गराएर प्रतिविम्व तयार गर्न थाले । यसलाई सुरुमा कलाकारहरुले चित्र बनाउनका लागि मात्र प्रयोगमा ल्याए । त्यसपछि १६ औं शताब्दिहरु तिर विभिन्न क्यामेराहरुको विकास भए । यसलाई विशेष गरी वैज्ञानिक एव् चित्रकारहरुले आफूलाई सजिलो हुने आकारमा निर्माण गरी प्रयोग गर्न थाले । १६ औं शताब्दिको मध्येतिर युरोप भरीनै यस्तो क्यामेराहरुको प्रयोग हुनथाले । तर स्थायी प्रतिविम्ब बनाउनको लागि चाँही संसारले धेरैनै वर्ष कुर्नु प¥यो । फोटोग्राफीमा स्थायी प्रतिविम्ब बनाउनका लागि चाहिँ सिलभर लवणको प्रयोग हुनेगर्दछ । तर त्यसबाट पनि वैज्ञानिकहरुले स्थायी प्रतिविम्ब तयार पार्न सकेनन् ।
    लगभग १०० वर्षको अनुसन्धानपछि जेसेफ निसेफोर निप्सले आफ्नो घरको काम गर्ने कोठामा क्यामेराको प्रतिविम्वको बारेमा निकैनै लामो प्रयोग गरे । सन् १८१६ मा क्ष्खिभच ऋजयिचबखभ दलिएको कागजमा प्रतिविम्व उतार्ने काम भयो । तर त्यो पनि स्थायी हुन सकेन । त्यस पछि १८२७ मा निप्सले पहिलो पल्ट ८ घण्टा लगाएर आफ्नो काम गर्ने कोठाको झ्यालबाट देखिएको दृश्यलाई कागजमउतार्न सफल भए । निसेफोर निप्सले तयार
गरेको फोटो नै संसारको सबै भन्दा पहिलो फोटोग्राफ हो । उक्त फोटो आज पनि टेक्सास विश्वविद्यालयमा राखिएको छ । उक्त फोटोलाई हेलियोग्राफी (सूर्यद्वारा कोरिएको चित्र) भनिन्छ । त्यसैले संसारको फोटोग्राफी इतिहासमा जोसेफ निप्सलाई नै फोटोग्राफीको आविस्कारक भनी चिनिन्छ ।