Sastriya sangeet nai kina?
|
शास्त्रीय संगीत नै किन ?
लालिमा श्रेष्ठ
संगीतको मूल स्रोत नैसर्गिक छ, जो स्वतः उत्पन्न हुन्छ । एक बरदान स्वरुप जगतमा प्राप्त छ । यही प्राप्तबरदान स्वरुप संगीतलाई आफ्नो क्षमता, साधना, मेहनत, अध्ययनद्वारा मानवको वौद्धिक विकाससँगै सांगीतिक फाँटमा अर्को आयाम थप्नु नै शास्त्रीय संगीतको आधार हो ।
संगीत एक इश्वरीय वरदान हो । यही वरदान स्वरुप कसैको आवाज मधुरो, सुरिलो होला । कोही–कोही गीत अत्यन्तै मिठो गाउँलान्, कोही लयात्मक होलान्, बिना गुरु कोही राम्रो वादन गर्लान् । भनिन्छ, हामी यस धर्तीमा आउँदा केही न केही इश्वरले कृपा स्वरुप दिएका हुन्छन् । यसैलाई हामी “गडगिफ्ट” भन्ने गर्छौं । दिनदिनै बद्लिदो समय र परिस्थिति अनि प्रतिस्पर्धात्मक जमानामा “गडगिफ्ट” छ भनेर मात्र हुँदैन । गुनी गुरुजनसँग शिक्षा ग्रहण गर्नैपर्छ । साधना गर्नैपर्छ, अध्ययन गर्नैपर्छ । सिधै भन्नुपर्दा संगीत सिक्नै पर्छ । त्यो पनि विधिवत शास्त्रीय संगीत नै सिक्नुपर्छ । संगीत क्षेत्रबाट जीवनमा कलाको रङ्ग भर्छु भनेर समर्पित हुनेका लागि त शास्त्रीय संगीतको अध्ययन गर्नु अत्यन्त आवश्यक र फलदायी छ ।
शास्त्रीय संगीत आफंैमा पूर्ण र जटिल विधा हो । यसमा पूर्णता पाउन सानो तिनो साधना र समय पर्याप्त छैन । योे अति कठिन र चुनौतिपूर्ण छ । यसैले त कतिपय शास्त्रीय संगीतको गोरेटोमा पाइला राखे पनि आधा बाटोमै हराउँछन् । तर जो निरन्तर हिडिरहन्छन्, साधना गरिरहन्छन्, उनीहरुले अवश्य फल प्राप्त गर्नेछन् । शास्त्रीय संगीत एक व्याकरण हो, जसलाई पढ्नै पर्छ, क्रियात्मक गरेर देखाउनै पर्छ । यहाँ कतिपयको ठम्याई के पनि छ भने– म गाउन सकिहाल्छु, अथवा बजाउन सकिहाल्छु किन संगीत सिक्नु प¥यो र ! भन्ने पनि छ । यदि यस्तो हो भने त पढ्न, लेख्न जानेकै छ, किन डिग्री गर्नु प¥यो, किन सर्टिपिकेट लिनु प¥यो र ! भने जस्तै भैगो नि । फरक यति हो, अन्य क्षेत्रको शैक्षिक योग्यता कागजको पानामा मापन हुन्छ भने संगीत क्षेत्रमा कागजी सार्टिपिकेटको मापन भन्दा बढी महत्वपूर्ण उसको गायकी, स्वर, सृजनशीलताको उचाइ, स्वरमा उतार चढाब, लयको चमत्कार र तालको उचित समायेजनलाई गरिन्छ । यि कुरामा तब मात्र निपूर्ण भइन्छ, जब शास्त्रीय संगीतको विधिवत साधना गरिन्छ ।
शास्त्रीय संगीत भन्नु बित्तिकै शास्त्रमाआधारित संगीत हो ।जहाँ नियम र आचरणमा बाधिएर गर्नुपर्ने हुन्छ । शास्त्रीय संगीतको साधनाले संस्कार, आयू वृद्धि ,बल वृद्धि हुनुको साथै कलाकार अनुशासित भई समाजमा प्रतिष्ठित हन्छन् । वुद्धीलाई प्रखर बनाउन अनि रागको परिचर्चा एवं राग पहिचान गर्न सकिन्छ । शास्त्रीय संगीत सम्पूर्ण संगीतको पाठ्क्रम भएकोले यसको अध्ययन एवं साधनाले वास्तविक संगीत साधक बन्न सहयात्री सावित हुनेछ । यसको पाठय्क्रममा स्वर साधना कसरी गर्ने, स्वर कसरी लगाउने, विभिन्न लयकारीता, सरगम, तान, बन्दिस, खट्का, स्वरको उत्तर चढाब, मीड, आदिलाई भावपूर्ण निर्वाह गर्दै विभिन्न रागहरुको विधिवत अध्ययन गर्ने नियम हुन्छ । यसरी नियममा बाँधिदै विधिवत शास्त्रीय संगीतको अध्ययनले संगीत सम्वन्धि ज्ञानको भण्डार त भरिन्छ नै, नियमित स्वर साधना,सरगम, तान, वन्दिश, आलाप, अथवा नियमित स्वर साधनासँगै रागको पूर्ण साधनाले आवाज ओजपूर्ण भई स्वरमा निखरता आउँछ । यही ओजपूर्ण र खारिएको आवाज नै संगीतको दुनियाँमा सर्वत्र बुलन्द हुनेछ । हुन त कतिपय कलाकारहरू शास्त्रीय संगीतको अध्ययन बिना नै संगीत क्षेत्रमा प्रवेश गरेका छन् । ति मध्ये कति त चर्चित पनि छन् । तर, क्षणिक चर्चाले मात्र पनि केही हँुदैन । अहिलेको बद्लिदो परिवेश अनि प्रतिस्पर्धात्मक समयमा हरघडी, हरसमय खरो उत्रनु अनि आफूलाई कालन्तर सम्म टिकाइ राख्नु अर्को चुनौती हो । यिनै
चुनौतीलाई पार गर्दै गुनी कलाकारको पहिचान बनाउनमा शास्त्रीय संंगीतको अध्ययनले ठूलो भूमिका रहनेछ । चर्चित कलाकार नै भएपनि शास्त्रीय संगीतको अध्यन छैन भने बोल्नु पर्ने ठाउँमा बोल्न, देखाउनु पर्ने ठाउँमा आफ्नो कला देखाउन हिचकिचहट उत्पन्न हुन्छ । अनि, मनमा मैले सिकेको भए हुन्थ्यो भन्ने भाव मनमा आइरहन्छ ।
सायद यसै कुरालाई ध्यानमा राखेर होला केही चर्चित कलाकार पनि शास्त्रीय संगीतको अध्ययनमा जुटेको पाइएको छ । गीत गाउनु मात्र ठूलो कुरा होइन । राम्रो गाउनु ठूलो कुरा हो । त्यो भन्दा अझ राम्रो जानेर बुझेर गाउनु राम्रो कुरा हो । कुनै कुरा सिक्नु भनेको आफ्नो कलालाई ज्ञान र सीपले अझ उज्जल्याउनु मात्र नभई कला बाड्नु पनि हो । कला जति बाड्यो उति मौलाएर जान्छ । यो तब मात्र सम्भव छ, जब कुनै कला विधिवत सिकिन्छ । अतः आफ्नो कला र गलाको माध्यमद्वारा संगीत जगतमा एक नक्षेत्र भइरहन अनि संगीत क्षेत्रलाई टेवा दिन शास्त्रीय संगीतको अध्ययन गर्नु आवश्यक मात्र नभई अनिवार्य नै छ ।
जय संगीत !
– ओजस्वी संगीत पाठशाला, पथरी
Categories: None