प्रधान कार्यालय : पथरी - १ मोरङ
फोन नं. ०२१- ५५५३१७
ईमेल : [email protected]
[email protected]

crazy.com

Click here to edit subtitle

News

Sangitik sailyma fadko

Posted by crazy.com2069 on August 31, 2012 at 10:15 PM

सांगीतिक शैलीमा फड्को

 

कुनै पनि चिजमा नयाँपन झल्काउनको लागि नयाँ वस्तु वा सोचाइको आवश्यक पर्दछ । यही नयाँ सोच वा वस्तु कुनै पनि परम्परागत वस्तु वा विचारमा मिसाइन्छ वा घोलिन्छ त्यहाँ नयाँ सिद्धान्त, वस्त,ु रंग, स्वाद वा कुनै नयाँपन झल्किन्छ भने त्यसलाई नै प्रयोग भनिन्छ । हरेक चिजमा हरेक तरिकाले नयाँ नयाँ प्रयोग गर्न सकिन्छ र यो चलन सदियांैदेखि चलिआएको पनि हो । प्रयोग बिना नयाँ आविष्कार र विकासको गतिको कल्पना पनि गर्न सकिंदैन । प्रयोगलाई विकासको मेरुदण्डको रुपमा पनि हेर्न सकिन्छ ।  

    नेपाली संगीतलाई हेर्ने हो भने प्रयोगको शिलशिला निकै भेटिन्छ ।  परम्परागत संगीतमा केही नौलो ‘कन्सेप्ट’ घुसाउनु नै प्रयोग हो भन्नेहरूको घुइँचो नै हुनथालेको छ नेपाली सांगीतिक माहोलमा । नातिकाजी वा कोईली देवीको जमानामा नेपाली गीतहरूको सादा हार्मोनियम र तवलाको भरमा रेकर्डिङ गर्ने गरिन्थ्यो । विस्तारै किबोर्ड गितार, भाइलोन, सारङ्गी, मादल आदि बाजाहरू पनि बजाउन थाल्यो यसलाई नेपाली संगीतमा त्यस समयका संगीतकर्मीहरूले नौलो र नयाँ प्रयोगका रुपमा लिएका थिए । नेपाली संगीतको विकासको खुड्किलोको रुपमा पनि हेर्न सकिन्छ यसलाई ।

    नेपालमा दोस्रो मुलुक दार्जिलिङ सिक्किमका स्रष्टाहरूको जमघटसँगै नेपाली संगीतमा प्रयोगहरूको बाढी नै चलेको थियो । अम्बर गुरुङ, गोपाल योञ्जन, गणेश गुरुङ, कुमार सुब्बा, शान्ति ठटाल, डेजी बराइली, दीपा गहतराज, भारती घिमिरे, रन्जित गजमेर  लगायतका स्रष्टाहरू नै त्यसबखतका प्रयोगकर्ताहरू हुन् । शास्त्रीय संगीत र पश्चिमा संगीतलाई नेपाली संगीतमा ‘फ्युजन’ गर्ने श्रेय पनि उतैका स्रष्टाहरूलाई जान्छ । यसले नेपाली संगीतको श्रीवृद्धिमा योगदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

    यो पंक्ति अहिले नेपाली संगीतमा बाक्लिदै गइरहेको छ । प्रयोग आफैंमा नराम्रो भन्ने चाहिँ होइन, यसले नेपाली संगीतलाई फाइदा नै गरिरहेको छ तर प्रयोगको नाममा जे चिज पनि जबरजस्ती घुसाउने हो भने यसले नेपाली संगीतको गुणस्तर र आफ्नोपन भन्ने चिज पनि गुमाउन सक्छ ।  

      पाइरेसीका कारण नेपाली संगीतको बजार खस्किदै गइरहेको समयमा नौलो प्रयोगको थालनी गरेका छन् संगीतकर्मीहरूले । लाखांै रुपैयाँ खर्च गरेर एउटा गीति संग्रहमा आठ दश वटा गीत राख्ने चलनलाई छाडेर अब यसको विकल्प पनि रोजिसकेका छन्, केही संगीतकर्मीहरूले । एउटा गीति संग्रहमा ८ वा १० वटा गीतहरू राख्नुको सट्टा २ वटा मात्र गीत राखेर संग्रह तयार गर्न थालेका छन् । अहिलेको डिजिटल युगमा पनि डिजिटल प्रयोग हो भन्छन्, उनीहरू ।  हिट हुने भनेको एकाध गीतले त होनि, किन धेरै गीत राखेर बोझ थप्ने भन्ने मान्यता छ । थोरै खर्चमा राम्रो ‘पब्लीसिटी’ हुने नयाँ प्रयोग ठानिएको छ । पाईरेसी विरुद्ध कानुनी उपचार भन्दा नयाँ प्रयोगको उपचार खोजी गरे भलै होला, नेपाली संगीत आकाशमा । कानुनी उपचार खोज्ने संगीत उद्यमीहरू थाकेर होला नयाँ प्रयोगका नाममा वैकल्पिक शैली अपनाइएको ।

Categories: None