Dharasayi sangit bazar
|
धरासयी संगीत बजार
एक समय रेडियो नेपालमा मात्र सीमित रहेको नेपाली संगीत नेपाल टेलिभिजनसँगै अन्य संचारमाध्यमहरूमा भित्रिएसँगै नेपाली संगीतको दायरा पनि फराकिलो हँुदै गएको छ । रेडियो नेपालमा स्वर पास गर्नैपर्ने र एउटा गीतको
रेकर्डिङ गर्न पनि एक महिना भन्दा धेरै कुर्नुपर्ने बाध्यत्मक स्थिति पनि टाढा भागिसकेको छ । संगीत विषय पढ्नु र सिक्न भारतको विभिन्न सहरहरू धाउनु पर्ने बाध्यता पनि टरेको छ । आफ्नै देशमा पढ्न सिक्न रेकर्डिङ गर्न संचार माध्ममा छाउनको लागि सहज वातावरण बन्दै गएदेखि देशमै प्रतिभावान युवाहरूले (संगीत परखी युवाहरूले सिक्ने र आफ्नो कला पस्कने अवसरहरू पाएका छन् ।
अब संगीत विषय पनि सिक्नु पर्नेरहेछ भन्ने बुझेर नयाँ पिँढीहरू यो लाईनमा पढेर नै आइरहेका छन् । यसले नेपाली संगीत विकासमा ठूलो टेवा पुगेको छ र नेपाली संगीतको स्तर पनि डब्लिदै गरेको अवस्थाको महसुस गर्न सकिन्छ । नयाँ नयाँ प्रविधिहरू भित्रिएपछि र नयाँ नौलो प्रयोगका कारण नेपाली संगीत बजारमा नेपाली संगीत र स्रष्टाको माग पनि ह्वात्तै बढेको अवस्था हो । दिनदिनै नयाँ गीति संग्रहहरू बजारमा आइरहनुले पनि यसको पुष्टी गर्दछ ।
नेपाली संगीतको विकासका लागि यो सकारात्मक पक्ष हो । नयाँ पुस्ताको आगमनसँगै नेपाली संगीतको भविष्य र उचाई बढेको छ । यो सत्य हो । तर यसमा बढिरहेको कालाबजारीको कारणले भने नेपाली संगीतको माहौललाई नै अत्यास लाग्दो बनाइ दिएको छ । वुलुतुथ युक्त मोबाइल र सजिलै कपी गर्न सकिने अत्याधुनिक मेसिनहरू भित्रिएसँगै नेपाली संगीतको बजार नफस्टाउँदै बिग्रदो अवस्थामा पुगेको छ । लाखौं रुपैयाँ खर्च गरेर निकालिएको सांगीतिक संग्रहको नक्कली सिडीहरू सस्तो मूल्यमा बजारमा प्रशस्त पाएपछि स्रष्टाहरू मारमा पर्दै गएका छन् । यसले सम्वन्धित स्रष्टाहरू, संगीत उद्योग र नेपाली संगीतको भविष्य नै अन्योलमा धकेलिदै गएको अवस्था छ । र, संगीत उद्योगबाट सरकारलाई जाने राजश्व पनि प्रभावित हुने देखिन्छ ।
यो समस्यालाई सुल्झ्याउने उपायहरु के छ त ? सरोकारवाला समुह तथा विज्ञहरूले नै गम्भीर हुन आवश्यक छ । नेपाल सरकारले पनि आवश्यक नियमावली वा कानुन तयार गरी कडा भन्दा कडा कारबाही नगरे यो समस्यालाई पाखा लगाउन गाह्रो पर्ला कि । हामी स्रोताहरूले पनि गुणस्तरीय संगीत वा भिडियो हेर्ने बानी बसाल्ने हो भने जनस्तरबाट पनि हामीले यसलाई कम गर्न सक्छौं । यसले हामी सबैलाई वा नेपाली संगीतलाई वा नेपाली स्रष्टाहरूलाई जोगाउन सहयोग मिल्ने थियो ।
Categories: None