प्रधान कार्यालय : पथरी - १ मोरङ
फोन नं. ०२१- ५५५३१७
ईमेल : [email protected]
[email protected]

crazy.com

Click here to edit subtitle

News


view:  full / summary

Sastriya sangeet nai kina?

Posted by crazy.com2069 on September 19, 2012 at 10:25 PM Comments comments ()

शास्त्रीय संगीत नै किन ?

लालिमा श्रेष्ठ

    संगीतको मूल स्रोत नैसर्गिक छ, जो स्वतः उत्पन्न हुन्छ । एक बरदान स्वरुप जगतमा प्राप्त छ । यही प्राप्तबरदान स्वरुप संगीतलाई आफ्नो क्षमता, साधना, मेहनत, अध्ययनद्वारा मानवको वौद्धिक विकाससँगै सांगीतिक फाँटमा अर्को आयाम थप्नु नै शास्त्रीय संगीतको आधार हो ।

    संगीत एक इश्वरीय वरदान हो । यही वरदान स्वरुप कसैको आवाज मधुरो, सुरिलो होला । कोही–कोही गीत अत्यन्तै मिठो गाउँलान्, कोही लयात्मक होलान्, बिना गुरु कोही राम्रो वादन गर्लान् । भनिन्छ, हामी यस धर्तीमा आउँदा केही न केही इश्वरले कृपा स्वरुप दिएका हुन्छन् । यसैलाई हामी “गडगिफ्ट” भन्ने गर्छौं । दिनदिनै बद्लिदो समय र परिस्थिति अनि प्रतिस्पर्धात्मक जमानामा “गडगिफ्ट” छ भनेर मात्र हुँदैन । गुनी गुरुजनसँग शिक्षा ग्रहण गर्नैपर्छ । साधना गर्नैपर्छ, अध्ययन गर्नैपर्छ । सिधै भन्नुपर्दा संगीत सिक्नै पर्छ । त्यो पनि विधिवत शास्त्रीय संगीत नै सिक्नुपर्छ । संगीत क्षेत्रबाट जीवनमा कलाको रङ्ग भर्छु भनेर समर्पित हुनेका लागि त शास्त्रीय संगीतको अध्ययन गर्नु अत्यन्त आवश्यक र फलदायी छ ।

    शास्त्रीय संगीत आफंैमा पूर्ण र जटिल विधा हो । यसमा पूर्णता पाउन सानो तिनो साधना र समय पर्याप्त छैन । योे अति कठिन र चुनौतिपूर्ण छ । यसैले त कतिपय शास्त्रीय संगीतको गोरेटोमा पाइला राखे पनि आधा बाटोमै हराउँछन् । तर जो निरन्तर हिडिरहन्छन्, साधना गरिरहन्छन्, उनीहरुले अवश्य फल प्राप्त गर्नेछन् । शास्त्रीय संगीत एक व्याकरण हो, जसलाई पढ्नै पर्छ, क्रियात्मक गरेर देखाउनै पर्छ । यहाँ कतिपयको ठम्याई के पनि छ भने– म गाउन सकिहाल्छु, अथवा बजाउन सकिहाल्छु किन संगीत सिक्नु प¥यो र ! भन्ने पनि छ । यदि यस्तो हो भने त पढ्न, लेख्न जानेकै छ, किन डिग्री गर्नु प¥यो, किन सर्टिपिकेट लिनु प¥यो र ! भने जस्तै भैगो नि । फरक यति हो, अन्य क्षेत्रको शैक्षिक योग्यता कागजको पानामा मापन हुन्छ भने संगीत क्षेत्रमा कागजी सार्टिपिकेटको मापन भन्दा बढी महत्वपूर्ण उसको गायकी, स्वर, सृजनशीलताको उचाइ, स्वरमा उतार चढाब, लयको चमत्कार र तालको उचित समायेजनलाई गरिन्छ । यि कुरामा तब मात्र निपूर्ण भइन्छ, जब शास्त्रीय संगीतको विधिवत साधना गरिन्छ ।

    शास्त्रीय संगीत भन्नु बित्तिकै शास्त्रमाआधारित  संगीत हो ।जहाँ नियम र आचरणमा बाधिएर गर्नुपर्ने हुन्छ । शास्त्रीय संगीतको साधनाले संस्कार, आयू वृद्धि ,बल  वृद्धि हुनुको साथै कलाकार अनुशासित भई समाजमा प्रतिष्ठित हन्छन् । वुद्धीलाई प्रखर बनाउन अनि रागको परिचर्चा एवं राग पहिचान गर्न सकिन्छ । शास्त्रीय संगीत सम्पूर्ण संगीतको पाठ्क्रम भएकोले यसको अध्ययन एवं साधनाले वास्तविक संगीत साधक बन्न सहयात्री सावित हुनेछ । यसको पाठय्क्रममा स्वर साधना कसरी गर्ने, स्वर कसरी लगाउने, विभिन्न लयकारीता, सरगम, तान, बन्दिस, खट्का, स्वरको उत्तर चढाब, मीड, आदिलाई भावपूर्ण निर्वाह गर्दै विभिन्न रागहरुको विधिवत अध्ययन गर्ने नियम हुन्छ । यसरी नियममा बाँधिदै विधिवत शास्त्रीय संगीतको अध्ययनले संगीत सम्वन्धि ज्ञानको भण्डार त भरिन्छ नै, नियमित स्वर साधना,सरगम, तान, वन्दिश, आलाप, अथवा नियमित स्वर साधनासँगै रागको पूर्ण साधनाले आवाज ओजपूर्ण भई स्वरमा निखरता आउँछ । यही ओजपूर्ण र खारिएको आवाज नै संगीतको दुनियाँमा सर्वत्र बुलन्द हुनेछ ।    हुन त कतिपय कलाकारहरू शास्त्रीय संगीतको अध्ययन बिना नै संगीत क्षेत्रमा प्रवेश गरेका छन् । ति मध्ये कति त चर्चित पनि छन् । तर, क्षणिक चर्चाले मात्र पनि केही हँुदैन । अहिलेको बद्लिदो परिवेश अनि प्रतिस्पर्धात्मक समयमा हरघडी, हरसमय खरो उत्रनु अनि आफूलाई कालन्तर         सम्म टिकाइ राख्नु अर्को चुनौती हो । यिनै

         चुनौतीलाई पार गर्दै  गुनी कलाकारको पहिचान बनाउनमा शास्त्रीय संंगीतको अध्ययनले ठूलो भूमिका रहनेछ । चर्चित कलाकार नै भएपनि शास्त्रीय संगीतको अध्यन छैन भने बोल्नु पर्ने ठाउँमा बोल्न, देखाउनु पर्ने ठाउँमा आफ्नो कला देखाउन हिचकिचहट उत्पन्न हुन्छ । अनि, मनमा मैले सिकेको भए हुन्थ्यो भन्ने भाव मनमा आइरहन्छ ।

    सायद यसै कुरालाई ध्यानमा राखेर होला केही चर्चित कलाकार पनि शास्त्रीय संगीतको अध्ययनमा जुटेको पाइएको छ । गीत गाउनु मात्र ठूलो कुरा होइन । राम्रो गाउनु ठूलो कुरा हो । त्यो भन्दा अझ राम्रो जानेर बुझेर गाउनु राम्रो कुरा हो । कुनै कुरा सिक्नु भनेको आफ्नो कलालाई ज्ञान र सीपले अझ उज्जल्याउनु मात्र नभई कला बाड्नु पनि हो । कला जति बाड्यो उति मौलाएर जान्छ । यो तब मात्र सम्भव छ, जब कुनै कला विधिवत सिकिन्छ । अतः आफ्नो कला र गलाको माध्यमद्वारा संगीत जगतमा एक नक्षेत्र भइरहन अनि संगीत क्षेत्रलाई टेवा दिन शास्त्रीय संगीतको अध्ययन गर्नु आवश्यक मात्र नभई अनिवार्य नै छ ।

 

जय संगीत !

 

– ओजस्वी संगीत पाठशाला, पथरी

Balbalikalai sangit shikchha

Posted by crazy.com2069 on August 31, 2012 at 10:20 PM Comments comments ()

बाल बालिकालाई संगीत शिक्षा

 

लालीमा श्रेष्ठ

    एक समय थियो त्यो बेला, एक परिवेश थियो त्यो बेला । तेही समयको एक झल्को सम्झिन मन लाग्यो, यो बेला । बिहान उठे देखि आपूmले गर्नु पर्ने सबै काम गरेर घर आउँदा कोही बेला भात पाकेको हुन्थ्यो, कोही बेला हुदैन थियो । जे जस्तो छ, हत्तार–हत्तार खायो अनि लुगामा चिसो हात पुछ्दै हातमा किताब च्यापेर टाढाको स्कूल तर्फ हिड्यो । खुट्टामा चप्पल हुन्थ्यो पनि हुदैन थियो पनि । ढिलो हुन्छ भन्दै स्या–स्या, फ्या–फ्या हुदै कुद्यो । स्कूल पुग्दा एक घण्टी लागेर शिक्षक कोठामा प्रवेश गरिसकेका हुन्थे । बेलुका अलिक अबेर सम्म पढ्न बस्यो कि “सुत्–सुत् तेल सकिन्छ फेरी बिहान सबेरै उठेर एक मेलो सक्नुपर्छ ।” अलिक कामको चाप बढे स्कूल जानै नपाउने । “एकदिन स्कूल नजादाँ के हुन्छ ? काम नगरे माम खान पाउलास्् !” पहिलेका आमा बुवा यसो भन्नु हुन्थ्यो । तर अहिलेका आमावुवा ठिक उल्टो यसो भन्नु हुन्छ – “बावु ! यति होमवर्क गरिसक तिमीलाई यस्तो खानेकुरा किनिदिन्छु, स्कूल गयौं भने घुमाउन लान्छु, पास भयौ भने त झन जे भन्छैं तेही किनिदिन्छु ।”

    पहिलेको जस्तो अहिलेको समय काहाँ छ र ? समय बदली सकेको छ । समय संगै मानिसको मानसिक्ता र सोचमा पनि परिवर्तन आएको छ । आजका बालबालिका गतिशिल छन । उनीहरुको हृदय जिज्ञासाले भरिएको छ । उनीहरुमा बौद्धिक क्षमता बढी छ । कम्प्यूटरको युग छ । यस्तो अवस्थामा “संगीत” उनीहरुका लागी सहयोगी बन्न सक्छ । किनकि संगीत बिज्ञान हो, संगीतमा अनुशासन हुन्छ, एक आनन्दमय वातावरण हुन्छ । जसले पूरा जीवननै तरंगित भईदिन्छ । केही क्षण मात्र गाउने, बजाउने गर्नाले पनि मन हल्का र शान्त हुन्छ । बालबालिका मात्र नभई ठूलाबडा पनि संगीतमा झुम्नले तनाब रहित हुन्छन् तत्पश्चात उनीहरुको मन पढाई अथवा सही ठाउमा उत्साहापूर्ण लाग्न सक्छ ।

    कतिपयको भनाई के पनि छ भने – “संगीत सिकेर बच्चा बिग्रन्छ, पढ्दैन ।” तर यो बिलकुल गलत कुरो हो । संगीतले कसैको नोक्सानी गर्दैन । बरु संगीत त दुखेको घाउको मलम हो, टुटेको दिलको उपचार हो । जसरी हामी मूर्ति भित्र इश्वर नभएपनि श्रद्धापूर्वक पूजा गर्छौ, तेसरीनै संगीतलाई श्रद्धा पूर्वक लिने हो भने संगीत अभिष्ट फलदाता हो । बच्चा बिग्रनु वा नपढ्नुमा संगीतको कारण नभई अन्य कारण हुन सक्छ । जस्तै ः घरको वातावरण, ठूलावडाको ब्यवहार, गलत संगत आदी ।

    घरमा बालकलाई सधै पढ्ने इच्छा जगाउदै पढ्ने उचित वातारण बनाईदिनु पर्छ । तपाई आफूचै टेलिभिजन अगाडी झूमेर बालकलाईचै उता गएर पढ भन्नु हुन्छ भने उसले कसरी पढ्छ ? अनि एकोहोरो उसलाई पढ्–पढ् मात्र भन्दा पनि उ दिक्क हुन्छ । तेही माथि एकभारी किताब तेतिनै मात्रामा उसको गृहकार्यमा पिल्सिदा उ तेतिकै थकित हुन्छ । यस्तो बेलामा बालकलाई पढाईका अलवा खेल्न र मनोरञ्जन पनि चाहिन्छ भनेर भूल्न हुदैन । पढाई र खेलपछिको समय जहाँ बालक यताउति कुद्ने वा अनावश्यक टि. भि. सिरियल हेरेर तेतिकै खेर जाने समयलाई सही सदुपयोग गर्नका लागी संगीत शिक्षा अतिनै उपयोगी र प्रभावकारी छ ।

    संगीतभित्र शान्त र आनन्दमय वातावरण हुन्छ । जहाँ प्रवेश गरेपछि थकान र दिक्कपनलाई भूलेर बालक रमाई–रमाई संगीत शिक्षा ग्रहण गर्छ । अनि सुर, ताल र लयको नियममा बाधिदा उ अनुशासित र संस्कारित हुन्छ । संगीतले बालकलाई सृजनसिल हुन र सकारात्मक हुन प्रेरित गर्छ । जसले बालकको शारिरीक र मानसिक सौन्दर्यमा बृद्धि हुन्छ । यसैले त बालकलाई स्कूले शिक्षाको साथै संगीत शिक्षा पनि दिनु अति जरुरी छ ।

    बालकको पूरा जीवन संस्कार, सहृदयता, मानबीय मूल्य मान्यताको रक्षा आफ्ना कला संस्कृति प्रति निकट, अरुलाई सम्मान गर्ने, गुरुजन प्रति आदरभावबाट नतमस्तक हुने, आमावुवा प्रति आदरभाब जागृत हुने, कोमल भावना अंकुरित हुने, मानब÷मानब बीच दया, माया, क्षेमा भाब उत्पन्न हुने, दोश्रो ब्यक्तिको सुख दःख महसुस हुने र भाबुक्ता, करुणा भाबबाट ओतप्रोत हुनमा संगीत शिक्षाबाट मद्दत मिल्दछ । उच्च स्तरको पढाई त छ तर मनमा भावना छैन, मानबता छैन, हृदय छैन भने यस्तो शिक्षा निरर्थक छ । बालबालिकालाई सरल हृदय बनाउनु छ भने, भावपूर्ण बनाउनु छ भने प्रथम शिक्षाको साथ साथै संगीत शिक्षामा पनि जोड दिनु आवश्यक छ । संगीत बाट दानब पनि मानब बन्न सक्छ ।

    बालबालिकालाई कानफोडूवा संगीत अश्लील गीत आदीबाट परै राखेर संगीत शिक्षा दिइनु पर्छ । मधुर संगीत, बालपयोगी संगीत, सरल सुर लयमा गाउने, देशभक्ति, भजन, लोक संस्कृति र प्रकृतिका गीत मात्र सिकाउनु पर्छ । साथै बालकलाई संगीतको प्रराम्भिक ज्ञान संगै नियमित स्वर अभ्यासमा बिशेष ध्यान दिनुपर्छ । संगीतको लागी नियमित स्वर अभ्यास अति जरुरी छ । यसरी बालक अवस्थादेखीनै बिधिवत तवरले संगीत शिक्षा ग्रहण गर्नाले निश्चयनै उसले सफलता पाउने छ ।

    संगीत भन्नले गीत गाउनुलाई मात्र बुझ्नु उपयुक्त हुदैन । यसको क्षेत्र काफी बिस्तृत छ । जस्तो गायन (शास्त्रिय, सरल शास्त्रिय, भाव), बादन (तवला, हारमोनियम, गितार, ड्रमसेट, मादल, बासुरी आदी) र नृत्य (कथक, तण्डब, लास्य, मोर्डन, लोक आदी) । यि तीनै कलानै संगीत कला हो । यि तीनै कला मध्ये जुनै कला भए पनि बालपयोगी, बाल हितकारी संगीत शिक्षा नै हुन । संगीत, साहित्य कला बिना मानिसको जीवन सेतो पानाझै सादा हुन्छ । यही खाली पानाझै जीवनमा कलाका रङ्गहरुले रङ्गाउन अनि बालकलाई देशको कर्णधारको रुपमा तयार पार्न “संगीत शिक्षा” एक महत्वपूर्ण कडी हो । अतः प्रत्येक बालबालिकालाई संगीत शिक्षा दिनु अति जरुरी छ ।    जय संगीत ।

– ओजस्वी संगीत पाठशाला, पथरी

Sangitik sailyma fadko

Posted by crazy.com2069 on August 31, 2012 at 10:15 PM Comments comments ()

सांगीतिक शैलीमा फड्को

 

कुनै पनि चिजमा नयाँपन झल्काउनको लागि नयाँ वस्तु वा सोचाइको आवश्यक पर्दछ । यही नयाँ सोच वा वस्तु कुनै पनि परम्परागत वस्तु वा विचारमा मिसाइन्छ वा घोलिन्छ त्यहाँ नयाँ सिद्धान्त, वस्त,ु रंग, स्वाद वा कुनै नयाँपन झल्किन्छ भने त्यसलाई नै प्रयोग भनिन्छ । हरेक चिजमा हरेक तरिकाले नयाँ नयाँ प्रयोग गर्न सकिन्छ र यो चलन सदियांैदेखि चलिआएको पनि हो । प्रयोग बिना नयाँ आविष्कार र विकासको गतिको कल्पना पनि गर्न सकिंदैन । प्रयोगलाई विकासको मेरुदण्डको रुपमा पनि हेर्न सकिन्छ ।  

    नेपाली संगीतलाई हेर्ने हो भने प्रयोगको शिलशिला निकै भेटिन्छ ।  परम्परागत संगीतमा केही नौलो ‘कन्सेप्ट’ घुसाउनु नै प्रयोग हो भन्नेहरूको घुइँचो नै हुनथालेको छ नेपाली सांगीतिक माहोलमा । नातिकाजी वा कोईली देवीको जमानामा नेपाली गीतहरूको सादा हार्मोनियम र तवलाको भरमा रेकर्डिङ गर्ने गरिन्थ्यो । विस्तारै किबोर्ड गितार, भाइलोन, सारङ्गी, मादल आदि बाजाहरू पनि बजाउन थाल्यो यसलाई नेपाली संगीतमा त्यस समयका संगीतकर्मीहरूले नौलो र नयाँ प्रयोगका रुपमा लिएका थिए । नेपाली संगीतको विकासको खुड्किलोको रुपमा पनि हेर्न सकिन्छ यसलाई ।

    नेपालमा दोस्रो मुलुक दार्जिलिङ सिक्किमका स्रष्टाहरूको जमघटसँगै नेपाली संगीतमा प्रयोगहरूको बाढी नै चलेको थियो । अम्बर गुरुङ, गोपाल योञ्जन, गणेश गुरुङ, कुमार सुब्बा, शान्ति ठटाल, डेजी बराइली, दीपा गहतराज, भारती घिमिरे, रन्जित गजमेर  लगायतका स्रष्टाहरू नै त्यसबखतका प्रयोगकर्ताहरू हुन् । शास्त्रीय संगीत र पश्चिमा संगीतलाई नेपाली संगीतमा ‘फ्युजन’ गर्ने श्रेय पनि उतैका स्रष्टाहरूलाई जान्छ । यसले नेपाली संगीतको श्रीवृद्धिमा योगदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

    यो पंक्ति अहिले नेपाली संगीतमा बाक्लिदै गइरहेको छ । प्रयोग आफैंमा नराम्रो भन्ने चाहिँ होइन, यसले नेपाली संगीतलाई फाइदा नै गरिरहेको छ तर प्रयोगको नाममा जे चिज पनि जबरजस्ती घुसाउने हो भने यसले नेपाली संगीतको गुणस्तर र आफ्नोपन भन्ने चिज पनि गुमाउन सक्छ ।  

      पाइरेसीका कारण नेपाली संगीतको बजार खस्किदै गइरहेको समयमा नौलो प्रयोगको थालनी गरेका छन् संगीतकर्मीहरूले । लाखांै रुपैयाँ खर्च गरेर एउटा गीति संग्रहमा आठ दश वटा गीत राख्ने चलनलाई छाडेर अब यसको विकल्प पनि रोजिसकेका छन्, केही संगीतकर्मीहरूले । एउटा गीति संग्रहमा ८ वा १० वटा गीतहरू राख्नुको सट्टा २ वटा मात्र गीत राखेर संग्रह तयार गर्न थालेका छन् । अहिलेको डिजिटल युगमा पनि डिजिटल प्रयोग हो भन्छन्, उनीहरू ।  हिट हुने भनेको एकाध गीतले त होनि, किन धेरै गीत राखेर बोझ थप्ने भन्ने मान्यता छ । थोरै खर्चमा राम्रो ‘पब्लीसिटी’ हुने नयाँ प्रयोग ठानिएको छ । पाईरेसी विरुद्ध कानुनी उपचार भन्दा नयाँ प्रयोगको उपचार खोजी गरे भलै होला, नेपाली संगीत आकाशमा । कानुनी उपचार खोज्ने संगीत उद्यमीहरू थाकेर होला नयाँ प्रयोगका नाममा वैकल्पिक शैली अपनाइएको ।

Dharasayi sangit bazar

Posted by crazy.com2069 on August 27, 2012 at 6:45 AM Comments comments ()

धरासयी संगीत बजार

 

      एक समय रेडियो नेपालमा मात्र सीमित रहेको नेपाली संगीत नेपाल टेलिभिजनसँगै अन्य संचारमाध्यमहरूमा भित्रिएसँगै नेपाली संगीतको दायरा पनि फराकिलो हँुदै गएको छ । रेडियो नेपालमा स्वर पास गर्नैपर्ने र एउटा गीतको

रेकर्डिङ गर्न पनि एक महिना भन्दा धेरै कुर्नुपर्ने बाध्यत्मक स्थिति पनि टाढा भागिसकेको छ । संगीत विषय पढ्नु र सिक्न भारतको विभिन्न सहरहरू धाउनु पर्ने बाध्यता पनि टरेको छ । आफ्नै देशमा पढ्न सिक्न रेकर्डिङ गर्न  संचार माध्ममा छाउनको लागि सहज वातावरण बन्दै गएदेखि देशमै प्रतिभावान युवाहरूले (संगीत परखी युवाहरूले;) सिक्ने र आफ्नो कला पस्कने अवसरहरू पाएका छन् ।

    अब संगीत विषय पनि सिक्नु पर्नेरहेछ भन्ने बुझेर नयाँ पिँढीहरू यो लाईनमा पढेर नै आइरहेका छन् । यसले नेपाली संगीत विकासमा ठूलो टेवा पुगेको छ र नेपाली संगीतको स्तर पनि डब्लिदै गरेको अवस्थाको महसुस गर्न सकिन्छ । नयाँ नयाँ प्रविधिहरू भित्रिएपछि र नयाँ नौलो प्रयोगका कारण नेपाली संगीत बजारमा नेपाली संगीत र स्रष्टाको माग पनि ह्वात्तै बढेको अवस्था हो । दिनदिनै नयाँ गीति संग्रहहरू बजारमा आइरहनुले पनि यसको पुष्टी गर्दछ ।

     नेपाली संगीतको विकासका लागि यो सकारात्मक पक्ष हो । नयाँ पुस्ताको आगमनसँगै नेपाली संगीतको भविष्य र उचाई बढेको छ । यो सत्य हो । तर यसमा बढिरहेको कालाबजारीको कारणले भने नेपाली संगीतको माहौललाई नै अत्यास लाग्दो बनाइ दिएको छ । वुलुतुथ युक्त मोबाइल र सजिलै कपी गर्न सकिने अत्याधुनिक मेसिनहरू भित्रिएसँगै नेपाली संगीतको बजार नफस्टाउँदै बिग्रदो अवस्थामा पुगेको छ । लाखौं रुपैयाँ खर्च गरेर निकालिएको सांगीतिक संग्रहको नक्कली सिडीहरू सस्तो मूल्यमा बजारमा प्रशस्त पाएपछि स्रष्टाहरू मारमा पर्दै गएका छन् । यसले सम्वन्धित स्रष्टाहरू, संगीत उद्योग र नेपाली संगीतको भविष्य नै अन्योलमा धकेलिदै गएको अवस्था छ । र, संगीत उद्योगबाट सरकारलाई जाने राजश्व पनि प्रभावित हुने देखिन्छ ।  

       यो समस्यालाई सुल्झ्याउने उपायहरु के छ त ? सरोकारवाला समुह तथा विज्ञहरूले नै गम्भीर हुन आवश्यक छ । नेपाल सरकारले पनि आवश्यक नियमावली वा कानुन तयार गरी  कडा भन्दा कडा कारबाही नगरे यो समस्यालाई पाखा लगाउन गाह्रो पर्ला कि । हामी स्रोताहरूले पनि गुणस्तरीय संगीत वा भिडियो हेर्ने बानी बसाल्ने हो भने जनस्तरबाट पनि हामीले यसलाई कम गर्न सक्छौं । यसले हामी सबैलाई वा नेपाली संगीतलाई वा नेपाली स्रष्टाहरूलाई जोगाउन सहयोग मिल्ने थियो ।


Rss_feed