प्रकाशक / सम्पादक : सन्तोष राई,
प्रधान सम्पादक : अमृता राना मगर,
कार्यकारी सम्पादक : रोस्मन राई,
सल्लाहकार सम्पादक : मिलन के राउत,
सह–सम्पादक : देव गुरुङ,
व्यवस्थापक / तस्विर : गोपाल काफ्ले
प्रधान कार्यालय : पथरी–१, मोरङ,
मुद्रण : गजुरमुखी प्रिन्टर्स विराटनगर–१४,
इमेल: [email protected]
[email protected]
Web: www.crazysaptahik.webs.com

क्रेजी नै किन ?
प्रकाशकीय
सन्तोष राई
(प्रकाशक / सम्पादक)
छापा माध्यमको भीडमा ‘क्रेजी डटकम’ साप्ताहिकको उदय भएको छ । निश्चय नै
आदरणीय पाठक महानुभावहरूलाई लाग्न सक्छ, क्रेजी डटकमबाट के अपेक्षा गर्ने ?
निश्चय नै यही कौतुहलतालाई मध्यनजर गरी आदरणीय पाठकहरूलाई परम्परागत
ढर्राका छापा माध्यम भन्दा अलग रही नौलो शैलीका खुराकहरू क्रेजी डटकम
मार्फत् पस्कने प्रयास गरेका छौं । विद्युतीय र छापा माध्यम मध्ये आजको
विश्वमा छापा माध्यम एउटा सशक्त माध्यम मानिन्छ । यस शास्वत सत्यमा बहस
गरिरहनु आवश्यक छैन ।
नेपाली छापा माध्यमको सुरुवात १९५८ मा गोरखापत्रबाट भएको भए पनि नेपाली भाषाको पहिलो पत्रिकाको रुपमा हामी सुधा सागरलाई लिन सक्छौं । जुन भारतबाट प्रकाशन गरिन्थ्यो । आजको युग कम्प्युटरको युग हो यसमा साप्ताहिक पत्रिकाको के महत्व हुन्छ ? भन्ने सवाल पनि कतिपयको मन मस्तिष्कमा होला, सायद । तर, हामी यी र यस्ता सवालको जवाफ हाम्रो कामले दिनेछौं भन्ने विश्वासका साथ अघि बढ्ने प्रण गर्दैछौं । स्थानीय स्तरमा जो अघि बढ्न चाहन्छ कलाकारिता, साहित्य, खेलकुद, स्वास्थ्य र शिक्षामा । हो, उनीहरुको लागि ‘टर्निङ प्वाइन्ट’ बन्न प्रयासरत हुनेछ क्रेजी डटकम । स्थानीय स्तरमा भएका साना–साना गतिविधिलाई ठूला मिडियाहरुले त्यति प्राथमिकता दिएको पाइँदैन । हो, यही असंगत पक्ष र परिस्थितिमा थोरै मात्रामा भएपनि क्रेजी डटकमले स्थानीय शैली र संस्कारलाई पत्रिकाका पानामा लिपिबद्ध गर्देछ । भन्नै पर्ने कुरा उसै पनि ‘डर्टी गेम’ भनिने राजनीतिबाट भने क्रेजी डटकम निरपेक्ष रहनेछ । यसर्थ कि ‘वी हेट पोलिटिक्स’ चाहिँ होइन । थोर बहुत राजनीति कुरा पनि आउँला तर त्यसैलाई मूल ‘इस्यू’ बनाएर समाजको मथिङ्गल भुट्न चाहँदैनौं ।
र, अन्त्यमा, क्रेजी डटकम मार्फत् आम पाठकलाई विशेष र रोचक खुराक पस्कने बाचा गर्छाैं । तपाईहरूको सुझाव र सल्लाहको सधैं अपेक्षा पनि गर्छौं । हामी अहिले ‘ब्लाक एण्ड ह्वाइट’ ६ पानामा सीमित छौं । आगामी दिनहरूमा केही पाना थप गरी रंगीन ‘कलेभर’मा प्रकाशन गर्ने बाचा गर्छौं । यसको लागि आदरणीय पाठकहरूको माया र स्नेह नै हाम्रो ‘रोड म्याप’ तय गर्नेछ ।