
अहिले पूर्वमा नाम कहलिएका पिकनिक स्पटदेखि भर्खरै पिकनिक स्पटको रुपमा विकसित हुँदै गरेका स्थानहरूमा वनभोज खानेहरूको बाक्लै भिड देखिन्छ । सुनसरीको तालतलैया, यलम्बर पार्क, धनकुटाको भेडेटार, नमस्ते झरना, मूलघाट, मोरङको शान्ति वन, वेतिनी सिमसार, राजारानी (भोगटेनी), झापाको सतासीधाम, दोमुखा, जामुनखाडी र इलामको कन्याम, फिक्कल, पशुपतिनगर, माइपोखरी लगायतका स्थानहरू नाम कहलिएका पिकनिक स्थलको रुपमा परिचित छन् । यी स्थानहरूमा वनभोजका लागि नेपालीहरू मात्र होइनन् विदेशी मूलका मानिसहरुको ओइरो लाग्ने गरेको छ । पिकनिक खानको लागि यसरी भिड लाग्न थालेपछि सबै स्थानहरुमा स्थानीय पर्यटन विकास केन्द्रको स्थापना गरी व्यवस्थापनलाई बलियो बनाउने ध्याउन्नमा सबै लागिपरेको पनि देखिन्छ । झापाको दोमुखालाई व्यवस्थित बनाउन दोमुखा धार्मिक तथा पर्यटकीय विकास व्यवस्थापन समिति वि.सं. २०६१ सालमा स्थापना गरिएको हो । ‘दोमुखा हाम्रो, दोमुखा राम्रो, राम्ररी सजाऔं, हातेमालो गरी हामी सबै मिली सुन्दर बनाऔं’ भन्ने स्लोगान लिएर अहिले दोमुखामा व्यवस्थित पार्किङ सेवा र फूलबारी निर्माण भइरहेको छ ।
यसरी नै पिकनिकको मज्जा लिने होडमा व्यस्थित हुँदै जानु एउटा पर्यटन विकास क्षेत्रले फड्को मार्नु पनि हो । झापाको सुरुङ्गा–२ र ३ मा अवस्थित जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रमा भेटिएकी इलाम चुलाचुलीकी तारा राई निक्कै हर्षित देखिन्थिइन् । पेशाले उनी किराना पसल सञ्चालक राई भन्दै थिइन्–‘सधैं काममा व्यस्त हुनुपर्ने तर, आज साथीहरुसंग पिकनिक खान आएको एकदमै रमाइलो महसुस गरिरहेको छु ।’ पिकनिक भन्ने बित्तिकै रमाइलो अर्थ लाग्ने गर्छ । र, वास्तविकता पनि यही नै हो ।
पिकनिकमा मज्जा लिने पनि अनेक तौर तरिका छन्, कोही साथीभाइसँग जिस्केर, कोही फोटो खिचेर, कोही डान्स गरेर भने कोही मादक पदार्थ पिएर । वनभोज सेलिब्रेट गर्ने सवालमा रेडियो वेतना बेलबारीका स्टेशन म्यानेजर नरेन्द्र बस्नेत अलि छुट्टै किसिमका छन् । उनी साथीभाइसँग बसेर गफ गर्न पाएँ मख्ख पर्छन् । भन्छन्–‘सधैं व्यस्त रहने हामी सञ्चारकर्मीहरु गफ गरेर एकछिन् मजाले बस्नु पाउनु पिकनिकको मज्जा ठान्ने गर्छु ।’
अहिले जहाँ नि पिकनिकै कुरा भइरहेको सुनिन्छ । जस्तै सहकारी संस्था, विद्यालय, क्लब, हस्पिटल, गाउँका हरेक टोल टोलमा पिकनिकै कुरा भैरहेका हुन्छन् । वर्षमा पिकनिकको सिजन एक पटक मात्र आएपनि अहिलेका आम नागरिक ४ वटा सम्म पिकनिक गएर आएको कुरा दर्शाउने गरेका छन् । मोरङको पथरीस्थित रेडस्टार उच्च माविका निर्देशक गुणराज कट्टेल पनि यस पटक ४ वटा पिकनिक गएको सुनाउँछन् । उनी भन्छन्–‘मौसम नै पिकनिकको छ फेरि साथीभाइको कुरा काट्न सक्दिनँ त्यसैले यस वर्ष ४ पटक भइसक्यो पिकनिक गएको ।’
– सन्तोष राई

– अन्य युवा झै टिनएजमा ‘के गरौं ?’ भनेर कहिले काँही अलि बढी आत्तिएका । छिनभरमै आफ्ना उद्देश्यहरू परिवर्तन गरिरहने ।
– आर्थिक अभावका कारण केही गर्नका लागि साथीभाइको सहयोग अहिले पनि अविश्मरणीय बनी मनमस्तिष्कमा घुमिरहेको । हो, साथीभाइहरूसँग मिलेरै अघि बढ्ने दृढता पलाएको
तर, केही वर्ष अनि समयपछि फेरि एक्लै व्यवसाय
हाँकिरहेका युवा ।
– आफ्नो कार्यप्रति दृढताका साथ लागिपर्ने । अरुको कुभलो नचिताउने । जति धेरै व्यस्त भएपनि सबैसँग
एक वचन मिठो बोलेर हिड्ने गरेका ।
– व्यवसाय र राजनीतिलाई सँगै अघि बढाइ आफ्नो गन्तव्यलाई सार्थक तुल्याउन लागिपर्ने जुझारु व्यवसायी/राजनीतिज्ञ । आफूलाई राजनीतिको थोरै र व्यवसायी अलि बढी मोह भएको सुझाउने गरेका । साथीभाइसँग मिलनसार ।
यी बुादागत रुपमा आएका टिप्पणी हुन् तुलसी ढकालको । जिन्दगीलाई उकाली ओराली बाटोको संज्ञा दिनुुहुुन्छ ढकाल । हुन पनि हो जिन्दगीमा कहिले खुशी, कहिले दु:खी, कहिले हाासो र कहिले आासु । यसरी गुज्रिरहेको हुन्छ आम मानिसको जीवन । यसबाट तुलसी ढकाल पनि अछुतो रहनुभएन । व्यापारकै सिलसिलामा कहिले कााही लाग्थ्यो बेकारमा व्यापार थालो । तर, फेरि महसुस हुनेगथ्र्याे आखिर मैले काम नगरेर के गर्ने ? म जन्मेको काम गर्नकै लागि भन्ने पनि लाग्थ्यो उहाालाई । जुन समय पथरी व्यापार संघको महासचिव पदमा निर्वाचित हुनुभयो तब मात्र आफू व्यापारी हुा भन्ने भान भएको कुरा सुझाउनुहुन्छ
ढकाल । उहाा पथरीको दर्जन बढी संघ संस्थाहरूमा आवद्ध हुनुहुन्छ ।
उहाा पथरी–१ मन्दिरलाइनमा अवस्थित न्यू गोर्खाली पाउरोटी उद्योगका सञ्चालक हुनुहुन्छ । विद्यार्थी हुादाताका साथीहरूसाग खाना बनाएर खाने समय अभाव हुादा ड्राईफुड खाएर पढेको सम्झना अझै पनि ताजै छ । वि.सं. २०५० मा आफ्ना चार जना हितैषी साथीहरूसाग मिलेर गोर्खाली पाउरोटी उद्योग सञ्चालनमा ल्याउनुभएको थियो । ढकाल एक किसानी परिवारमा हुर्किनुभएका एक जुझारु युवा हुनुहुन्छ । उहाा साथीभाइकै संगतले व्यापारमा छिर्नुभएको कुरा सम्झनुहुन्छ । अहिले ढकाल जुन स्थानमा हुनुहुन्छ साथीभाइ र परिवारको साथ सहयोगले नै त्यहाा पुग्नुभएको स्वीकार्नुहुन्छ । आफूले गरेको व्यवसायबाट अन्य मानिसहरू पनि त्यसमा आश्रित भइ हात मुख जोड्न सकुन् भन्ने ढकालको भावना छ । ‘आफ्नो व्यवसायले केही मात्रामा भएपनि अरुलाई रोजगारी हुने खालको वातावरण बनोस् भन्ने इच्छा चाहना र आकांक्षाले साथीभाइसाग मिलेर उद्योग सञ्चालनमा ल्याएको हुा’ (दाहिने हात हल्लाउदै) बताउनुभयो ।
उद्योग सञ्चालनताका कठिन तरिकाले मजदुरीलाई टिकाइराखेको अवस्था थियो । तर, अहिले त्यो अवस्था छैन । जेनतेन दर्जन बढी मानिसलाई रोजगारी दिन सफल
रहेको छ गोर्खाली पाउरोटी उद्योग । उद्योगले अहिले दक्षिणमा मोरङको रंगेली बोर्डरदेखि पूर्वमा झापाको विर्तामोड, पश्चिममा सलकपुर, उत्तरमा बुधबारे पााचथरसम्म सेवा पुर्याइरहेको छ । हाल सञ्चालनमा रहेको पाउरोटी उद्योगहरू दमक, इटहरी, धरान र
विराटनगरमा रहेका छन् । तर ती सबै उद्योगले थोरै परिमाणमा मात्र उत्पादन गरिरहेका छन् । गोर्खालीले चाहिा अरुको तुलनामा बढी नै बजार लिइरहेको प्रष्ट देखिन्छ । दैनिक रुपमा १५ देखि २० बोरासम्म उत्पादन हुन्छ । यसरी नै सोचे अनुसारको आर्थिक लाभ भइरहेको सञ्चालक ढकाल बताउनुहुन्छ । उहााले उद्योग सञ्चालन गर्ने क्रममा आफू बााचेर त्यसमा आश्रितहरुलाई पनि बचाउने उद्देश्य रहेको जनाउनुभयो । यसैगरी आफ्ना व्यापारबाट आएको मुनाफाबाट केही प्रतिशत वृद्धवृद्धा, असहाय र बालबालिकाहरुका लागि केही योजना ल्याइ उनीहरुलाई प्रदान गर्ने सोच रहेको पनि दर्शाउनुहुन्छ । यसरी नै ढकाल व्यवसायका साथसाथै राजनीतिमा पनि थोरबहुत रुचि भएको बताउनुहुन्छ ।
-
Model : Rebita Photo by: Yubraj Ojha
-
Model : Punam Photo by: Yubraj Ojha
-
Model : Sasa Photo by: Gopal kafle
-
Model : Khushi Photo by : Yubraj Ojha
-
-
-


युट्युवमा भाइरल बने टंक
झापाको माटोमा जन्मेर हाल नेपाली सांगीताकाशमा एउटा नक्षत्र बन्न सफल टंक बुढाथोकी अहिले सर्वाधिक रुचाईएका संगीतकारमा दर्ज भइसकेको छ ।
उनको एउटा गीत अहिले युट्युवमा भाइरल बनेको छ । दर्पण राईको शब्द अनि टंक बुढाथोकीको संगीत तथा एरेन्जमा रहेको गीत ‘तिमले बाटो फेरेउ अरे...’ जब राजेश पायल राई, मेलिना राई र जिग्मे छोकी घिसिङको स्वरमा अपलोड भयो त्यस पछि कभर गर्नेको लर्को लागेको छ । यस गीतको कभर भर्सन युट्युवमा सयांैले अपलोड गरिरहेका छन् ।
सयौं मध्ये क्यामब्रीज इन्स्टीच्युट इटहरी शाखाका प्रमुख निशान सिमखडाले पनि यस गीतको कभर भिडियो बनाएर युट्युवमा अपलोड गरेका छन् । उनलाई किन कभर गीत गाएर भिडियो बनाउनु भयो ? भनी प्रश्न गर्दा उनको प्रतिक्रिया शब्द तथा संगीतले मन छोएका कारणले भन्ने पाईयो । यसरी यस गीतले सामाजिक सञ्जालमा भइरलको रुप लिइरहदाँ संगीतकार स्वय्मले फिल भर्सन लिएर आउदाँ थप उचाईको मज्जा यस गीतले लिईरहेको सहजै अनुमान हामी गर्दछौं । डान्सिङ नम्बरका हिट हिट संगीत सृजना गरिरहेका बुढाथोकीको खुबी मेलोडियस संगीतमा पनि रहेको दरिलो उदाहरण बनेको छ ।
उनको संगीतमा अर्को मेलोडियस सृजना चाडैं बजारमा आउदैछन् । जसको शब्द राजेश अर्यालले कोरेका छन् भने स्वर प्रमोद खरेलको रहेको छ । साथै तिमले बाटो फेरेउ अरे को चर्चा नसकिदै पुन उक्त गीतको पार्ट २ बजारमा आउन लागेको गायक तथा संगीतकार टंक बुढाथोकीले बताए ।
उर्लाबारीकी सोनी बनिन मिस राई

किराती पहिचानको खोजी वराह ज्वेलरी मिस राई २०७० को ताज सोनी राई
पहिरिएकी छिन् । मुख्य निर्णायक किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष
यशोदा राईले चिन्डोको (वाबुक) महत्व बारेमा सोधेको प्रश्नमा गतिलो जवाफ
दिएर मोरंग उर्लाबारीकी २१ वर्षिया सोनी राई यस वर्षको वराह ज्वेलरी मिस
राई २०७० घोषित भईन् । उनले जन्म देखी मृत्यु सम्म पनि राई जातिमा चिन्डो
(वाबुक) प्रचलन रहेको र यसले सम्पूर्ण राई
जातिलाई एकतामा बांधेर राखेको तर्क गर्दै यो नै राई जाति को पहिचान भएको
बताउंदै उपस्थित निर्णायक र दर्शकको मन जितेकी थिईन् । विजेता राईले नगद
पचास हजार, सिटिभी मोवाइल एक थान संगै ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् ।
राई जातिमा महत्वपूर्ण मानिएको तिन चुलाको आधारमा बांडीएको अवार्डमा
क्रमश रनर अप (बंशज चुलो) अवार्ड पांचथरकी कला राई बन्न सफल भईन । अन्य
रनरअपमा क्रमश फस्ट रनरअप (कुटुम्व चुलो) अवार्ड खोटाङकी गमला राई, सेकेण्ड
रनरअप (समाज चुलो) अवार्ड सुनसरीकी भावना राईले जित्न सफल भईन् । उनले सव
टाइटल मिस फ्रेण्डशीप (बाखाम्मा) अवार्ड पनि जितिन् । रनरअपहरुले क्रमश नगद
पच्चिस हजार संगै सिटिभी मोवाइल, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् ।
अन्य सव टाइटल अवार्डमा क्रमश मिस कल्चर (रिदुुमी) उदयपुरकी उर्मिला राई,
मिस पंचुआलीटी(चेन्चेक्वा) ईलामकी उर्मिला राई, मिस पर्सनालीटी(खियामा)
स्मिता राई, भ्युअर च्वाइस(तायामा) र मिस ट्यालेन्ट(सुम्दिमा) दुवै अवार्ड
भोजपुरकी ममता राई, बेस्ट ड्रेस(सारुमा) प्रतिमा राई, मिस डिसीप्लिन
(हेन्खामा) कविता राई र फोटोजेनीक (निनाम्मा) मन्जु राईले प्राप्त गर्न सफल
भईन् । कार्यक्रममा राई इज किङ राजेश पायल राई, विनोद खम्बु, अनिल थुलुङ र
सन्तोष राईले गीत प्रस्तुत गरेका थिए । राष्ट्रिय नाचघरमा भएको कार्यक्रम
किरात राई मौलिक कला संस्कृति केन्द्रले आयोजना गरेको हो ।
बेरोकटोक यौनधन्द

– मिलन के राउत
अरु पनि काम पाइन्थ्यो होला, किन यस्तो पेशा थालेको ? ‘त्यति सजिलै के काम पाइन्छ र ! बरु आफूसँग भएको चीज युज गर्ने हो प्रशस्तै पैसा कमाउने !’
यौन धन्दामा लागेकी एक युवतीको आशय सायद यही थियो, आफूसँग नखिइने, नमासिने, अस्त्र छदैछ जवानी हुञ्जेल ‘रिल्याक्स’ गर्ने, उमेर ढल्किएपछि देखा जाला !
मोडलिङमा फिट, सिनेमामा अनफिट
मोडलिङमा फिट, सिनेमामा अनफिट

....................................................मिलन के राउत......................................................
चलचित्र ‘हतियार’बाट रजतपटमा डेब्यु गरेकी झरना बज्राचार्यको पहिलो चलचित्र पहिलो गाँसमै झिगा बन्न पुग्यो । त्यसताका चल्तीका निर्देशक मानिएका प्रकाश सायमीको निर्देशन यात्रामा पूर्णविराम लाग्यो ।
झरनाको पहिलो चलचित्र हतियार सायमीको भने अन्तिम रह्यो । एकपछि अर्काे गरी झरनालाई असफलता नै हात लाग्यो । शुभकामना, संजिवनी, भुतुक्कै भए नि, सिउँदोको सिन्दुर, अञ्जुली, मायाको साइनो लगायत झरना अभिनित दर्जन चलचित्र सबै एकै ड्याङ्का मुला सावित भए । निक्कै तामझामका साथ गत वर्ष प्रदर्शनमा आएको ‘कोही मेरो...’ चलचित्रले पनि फिल्मी उद्योगमा संख्या थप्ने काम मात्र गर्यो । कोही मेरो असफल हुनुमा झरना कारक नहुन सक्छिन् तर आलोक नेम्बाङ जस्ता फिल्म बुझेका निर्देशकको पनि स्तर खस्कियो । हिन्दी चलचित्र ‘लभ इन नेपाल’मा समेत अभिनय गर्ने अवसर पाएकी झरनाको उक्त चलचित्रले त पानी समेत पिएन ।
कुरा झरना बज्राचार्यको मात्र होइन थुप्रै मिस नेपालहरूको यात्रा कलिउडमा सुखद रहेन । पहिलो मिस नेपाल रुबी राणाको अभिनय कर्म पनि उल्का जस्तो उदय र अवसानमा मात्र सीमित रह्यो । १० वर्षअघि नै चलचित्र ‘अनमोल’ मार्फत् झुल्किएकी उनको एक मात्र चलचित्र त्यही नै बन्न पुग्यो । त्यसयता उनी चलचित्रमा दोहोरिनन् । रुबीकै नियति भोग्नेमा पर्छन् सुमी खड्का, पुनम घिमिरे र जेनिशा मोक्तान । यी तीन सुन्दरीको कमाल पनि चलचित्र पारखीले रुचाएनन् । सुमी अभिनित सुपरस्टार, ग्रहण र एक नजर जस्ता चलचित्रले कुनै चमत्कार नगरेपछि उनी चलचित्र क्षेत्रबाटै पलायन भइन् । सुमी खड्का हाल गुमनाम छिन् । कतिसम्म भने भुवन केसीले निर्माण गरेको एकमात्र असफल चलचित्रको सूचीमा सुपरस्टार नै पर्छ ।
पुनम घिमिरेले एकदशकअघि नै ‘त्रिकोण’ नाम गरेको भिडियो चलचित्रमा सरोज खनालकी नायिका बनेर कलिउडमा भाग्य अजमाउने प्रयास त गरिन् तर त्यो प्रयास कामयावी हुन सकेन । उनलाई नायिका खेलाउन कुनै निर्माता÷निर्देशक तयार भएनन् ।
बाहिर निक्कै ‘क्यूट’ देखिने जेनिशा मोक्तान म्युजिक भिडियोहरूमा राम्रैसँग छाएपनि सिनेयात्रा उनका लागि पनि फलिफाप बन्न सकेन । छोटै भूमिकामा रहेको ‘मेरो एउटा साथी छ’ ले गतिलै व्यापार गरेपनि चलचित्रको सफलतामा जेनिशाको भूमिकाको कुनै अर्थ रहेन । निर्माणाधिन ‘गुडवाई काठमाडौं’ मार्फत् फिल्मी दुनियाँमा पाइलो हालेकी छिन् अर्की पूर्व मिस नेपाल माल्भिका सुब्बाले । माल्भिका सिने क्षेत्रमा कत्तिको चम्किने हुन् त्यो भने प्रतिक्षा नै गर्नुपर्ने हुन्छ । सुन्दरी झरना बज्राचार्यको तुलनामा उस्तै नाम गरेकी झरना थापा चम्किनु अनि जेनिशा मोक्तान भन्दा जेनिशा केसीले कलिउडमा हलचल ल्याउनुलाई धेरैले अर्थपूर्णले हेरेका छन् । यसर्थ कि सुन्दरी झरना र जेनिशाको तुलनामा नायिकाद्वय झरना र जेनिशा पर्दा बाहिर फिक्का लाग्छन् ।
डेटिङको लहर

मिलन के राउत
विस्तारै खुला समाजतर्फ अग्रसर भैरहेको नेपाली समाजका तन्नेरीहरूबीच अब डेटिङ पनि फेसनको रुपमा विस्तार हुँदै गइरहेको छ । त्यस्तो उल्लेख्य पार्क नभएपनि मोरङ झापाको पूर्व–पश्चिम राजमार्ग केन्द्रित ठाउँहरूमा रेष्टुरेण्टहरू र वनजंगलका एकान्त ठाउँहरूमा आजकाल टिनएजर्स र वयस्क जोडीहरू रमाइरहेको भेटिने गर्छन् । बाटा–घाटामा युगल जोडीहरू हातमा हात राखी वा अंगालो मारी हिडेको दृश्य पुरानो भइसकेको छ ।
अहिले पनि छोरी चेलीहरू घर बाहिर निक्लनुलाई अस्वभाविक मान्दै आएको ग्रामीण नेपाली परिवेशसँगै शहरी वातावरण निकै फरक भइसकेको छ । युवतीहरूले कुनै युवकसँग बोल्दा मात्रै शंकाको दृष्टीले हेर्ने नेपाली ग्रामीण समाजको सोचलाई रुढीवादी मान्दै अन्ततः के गाउँ के सहर, नेपाली समाज ‘व्वाइफ्रेण्ड’ र ‘गर्लफ्रेण्ड’को संस्कृतिमा पुगिसकेको छ ।
युवा–युवती, जो आफूलाई प्रेमी प्रेमिका मान्छन् उनीहरू एकअर्कामा खुला परिवेशमा कसैको डर त्रासमा नपरी भेट्ने समय ‘डेटिङ’ हो । जहाँ उनीहरूका मायाप्रीतिका, आफ्नो भावी जीवनको योजनाका र सपनाहरूका विषयमा कुरा गर्छन् र भावनाहरू एक अर्कामा साटासाट गर्छन् ।
तपाई डेटिङमा जानुुहुन्छ ? आरम्भ सीप विकास उर्लाबारीमा नृत्यकी प्रशिक्षार्थी रोजिना भन्छिन्–‘हो म कसैसँग डेटिङमा जाने गर्छु ।’ किन जानुहुन्छ ? उनी भन्छिन्–‘डेटिङ जाँदा हामी एकअर्कामा रमाउँछौं, आफ्ना सपना र योजनाहरूको कुरा गर्छाैं । भविष्यको निम्ति सोच्छौं । साथै रमाइलो पनि गर्छाैं, संसार नै रमाइलो लाग्छ, सधैं यस्तै भए हुन्थ्यो जस्तो लाग्छ । समय गएको पत्तै हुँदैन, फर्कने
आयो आधा आकाशको पर्व

भदौरे भेलले सकेन छेक्न
जन्मेको माटोमा चेलीलाई टेक्न
तीजको लहर आयो बरि लै .......
गत वर्षको तीजमा सदाबहार यस गीतमा प्रमिला निरौला मस्तले नाचेकी थिइन् । मोरङ राजघाट निवासी प्रमिलालाई यसपालिको तीज आफ्नै घरमा साथीसंगी, इष्टमित्र बोलाइ मनाउन मन छ । रातो चुरापोते र साडीमा चिटिक्क सजिएर किनमेल गर्न निस्केकी यी गृहिणीलाई बाल्यकाल र जवानीमा आफैं मादल बजाएर संगीसँग कम्मर मर्काइमर्काइ नाचेको सम्झना ताजै छ ।
नेपाली महिलाहरूको महान् पर्व तीज आउन डेढ साता बाँकी नै हुँदा बजारमा चहलपहल सुरु भइसकेको छ । रातो सारी र छड्के तिलहरीमा सजिनेहरुले गाउँ सहरमा मनमोहकता छरिरहेका छन् । नेपाली समाजमा आधुनिकताको प्रवेशसँगै तीज पर्वको गरिमा झन ओजपूर्ण बन्न थालेको आभाष मिल्छ । चेली माइतीको सम्वन्धलाई ओझेल पर्न नदिनु र पतिव्रता नारी हुनुको गर्व दर्शाउनुले तीज नेपाली चाडपर्वहरु मध्ये विशिष्ट पर्व मानिन्छ । पूर्वीय मान्यता अनुसार महिनौंपछि जन्मघर आउने चेलीहरुले एकदिन भएपनि माइतीघरमा मिठो मसिनो खाने (जसलाई दर भनिन्छ) र खुसीयाली साट्ने पर्व हरितालिका तीज भएपनि यसका विवादास्पद पाटाहरु पनि उत्तिकै छन् । पछिल्ला वर्षहरुमा यो पर्व आडम्वर प्रस्तुत गर्नेहरुको उत्सव हुन थालेको छ । महंगा वस्त्र र आभुषण पहिरिएर तुजुक देखाउने बेलाको रुपमा कतिपयले तीजलाई विकृत पनि बनाइरहेको पाइन्छ । अझ तीजले पारिवारिक असन्तुष्टीलाई सतहमा ल्याउने कार्यले
यो पर्वको महत्वमा ह्रास आइरहेको कुरालाई नजरअन्दाज गर्न मिल्दैन । यद्यपिः जे–जस्तो पारिवारिक तनावको भुक्तमान व्यहोरे पनि तीजमा निर्धक्क नारी मनका आकांक्षा प्रकट हुन थालेका छन् ।
माइतमा जाने बेला भयो
मलाई प¥यो चटारो
सोधौ भने स्वामी ज्यूले
हान्छन् झटारो
..............
गोबर सोर वुहारी
भन्छिन् हाम्री सासुले
नङ भाचिन्छ पियारी
भन्नुहुन्छ स्वामी राजैले ....
..........................................
खान्न म त अमिलो मोइ पनि
जान्न म त कालो छ पोइ पनि
सासुको हेपाइ र बुहार्तन, लोग्नेको कचकच, नन्द –आमाजुसितको झगडा, जेठानी– देउरानीको ईष्र्या जस्ता कथा व्यथाहरू सधंैको तीजमा वक्तृत्व र गीत मार्फत् प्रकट हुनेगरेका छन् । तर, यस्ता घोचपेच र आरोपले झन पारिवारिक कलह थपिने नेपाल महिला संघ मोरङ ९ नम्बर क्षेत्रीय सभापति सीता कार्की बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– बुहारी पनि कुनै दिन सासु हुन्छिन्, भाउजू पनि कसैकी नन्द–आमाजु हुन सक्छिन् । यसैले तीज जस्तो उमङ्गको चाडमा पारिवारिक साइनोको मानमर्दन गर्नु कसैको हितमा छैन ।’ निश्चय नै पारिवारिक बन्धनबाट मुक्त हुन नसकेका, घरेलु हिंसामा पीडित बनेका नारीहरू पनि नेपाली समाजमा नभएका होइनन् । उनीहरूले वर्ष दिनमा तीजलाई ‘स्वतन्त्रता दिवस’ कै रुपमा महसुस गर्नुलाई अन्यथा मान्नु पनि हुँदैन । कारण जे भएपनि तीज भन्नासाथ रमाइलो गरी नाच्ने गाउँने भन्ने आम मानिसको धारणा छ ।
यसैले हुनुपर्छ, पछिल्ला समयका तीज गीतहरुले परम्परागत संस्कारलाई भत्काएर चर्चा कमाउन थालेको छ ।
तीजमा ब्रत बसी पूजा गरे भगवान्
आश गरौं अब त बनोस् हाम्रो काम
सधैंभरि माइतीघरमा बस्ने हाम्लाई मन छैन
अहिलेकै सालमा पोइल जान पाम् ।
‘भलै तीज वेदना प्रकट गर्ने चाड होला’ चलचित्र निर्देशक दुर्गा नेम्बाङ भन्छन्– ‘तीजमा वेदना र विरह होइन, अब अधिकारका सवालमा महिलाहरूमा सशक्तिकरण हुन जरुरी छ ।’